१ कार्तिक २०८३, आइतबार

चौथो एपिक नेपाल म्युजिक अवार्ड–२०७९ को आवेदन फारम खुल्ला

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । प्रियसी म्युजिक प्रालिको आयोजनामा हुने चौथो एपिक नेपाल म्युजिक अवार्ड– २०७९ हुने भएको छ ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकामा पर्ने शंखधर पार्कमा सम्पन्न पत्रकार सम्मेलन गरि चौथो एपिक नेपाल म्युजिक अवार्डको आवेदन फारम खुल्ला गरिएको जानकारी आयोजक संस्थाले गराएको छ ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्ड–२०७९ मा गित संगीतका सम्पूर्ण विधाहरुलाई समेटिने र अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशील एवम नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुको साथै आधुनिक, पप, लोकपप, पर्ब बिशेष, काठे र देउडा गीतहरुलाई अवार्ड प्रदान गरिने अवार्डकि महासचिब तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठले जानकारी गराइन् ।

त्यस्तै अवार्डको टप–५ नोमिनेसन पौष २ गते घोषणा गरिने तथा अवार्ड कार्यक्रम माघ ७ गते भक्तपुरमा नै सम्पन्न गरिने समेत जानकारी गराइन् ।