२ कार्तिक २०८३, सोमबार

‘नो नट अगेन’ लाई कारबाही नगर्न सर्वोच्चको आदेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी रिटमा कारबाही अघि नबढाउन निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत आयोगलाई कारण देखाउ आदेश दिएको हो । आदेशपछि फैसलाको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सामाजिक सञ्जालमा ‘नो नट अगेन’ पेज बन्द गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सो निर्णयको विरुद्धमा अधिवक्ता दिनेश त्रिपाठी र अनिल आचार्य सर्वोच्चमा रिट दायर गरेका थिए ।