२ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्ष ओलीद्वारा नागढुङ्गा–नौबीसे सुरुङमार्गको अवलोकन (तस्वीर)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबीसे सुरुङमार्गको अवलोकन गरेका छन् ।

नौबीसे तर्फबाट निर्माण भइरहेको सुरुङको अवलोकन गर्दै अध्यक्ष ओलीले यसको निर्माणमा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन् । एमाले सरकारकै पालामा नेपाल सुरुङ युगमा प्रवेश गरेको थियो ।

राजधानी प्रवेशको मुख्य नाका नागढुङ्गामा निर्माणाधीन सुरुङमार्गको अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा उद्घाटन गरेका थिए । सोही कारण सुरुङमार्ग निर्माणको प्रगतिबारे जानकारी लिन ओली धादिङ पुगेका हुन् ।

करिब तीन किलोमिटर लामो रहेको सुरुङ मार्ग निर्माण भएपछि करिब २० मिनेटमै नौबीसेबाट काठमाडौं प्रवेश गर्न सकिने बताइएको छ । यो सुरुङमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । हालसम्म धादिङतर्फबाट साढे ८०० मिटर सुरुङ खनिएको बताइएको छ ।