
काठमाडौं, २० कात्तिक । नेपालमा मिसेलिन टायर ब्राण्डको आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रालिले नयाँ सोरुम वीरगञ्जको बाईपास रोडमा स्थापना गरेको छ ।
‘जय मा दुर्गा टायर हाउस’ नामक सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले गरे । उनले सोरूमका सञ्चालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति प्रमाणपत्र पनि वितरण गरेका छन् ।
साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निःशुल्क प्रदान गरिएको कम्पनीले जनाएको छ ।
जय मा दुर्गा टायर हाउसमा कमर्सियल (ट्रक, टिपर, बस आदि) र पेसेन्जर (इभी, एसयूभी आदि) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध रहेको कम्पनीले बताएको छ ।















प्रतिक्रिया