
ताप्लेजुङ, २० कात्तिक । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभाका एमाले उम्मेदवार योगेश कुमार भट्टराईले किराँत धर्मका गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्ने र जन्मजयन्तीका दिन बिदा दिने चलन एमाले नेतृत्वको सरकारले सुरू गरेको बताएका छन् ।
फाल्गुनन्दकै सम्मानका लागि भन्दै एमालेले यसअघि मैवाखोला गाउँपालिकामा कात्तिक २५ गतेका लागि तय गरेको चुनावी कार्यक्रम एक दिन पर सारेको छ । फाल्गुनन्दको १३८औं जन्मजयन्तीको अवसर पारेर ताप्लेजुङको फुङलिङमा विविध कार्यक्रमका साथ फुङलिङमा निर्मित नेपालकै ठूलो मानिएको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरणको कार्यक्रम रहेको छ ।
१५ फिट अग्लो १३५ क्विन्टल वजनको सालिक अनावरणसहित फाल्गुनन्दको जन्मजयन्तीका दिन विविध कार्यक्रम हुँदैछन् । आफूहरूले यसअघि एमाले जाति–जनजातिको पहिचान, जातीय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न लडेको शक्ति भएकाले पार्टीको एउटा सिपाहीका हिसाबले आफू सोही अभियानमा तल्लिन रहेको उनले बताए ।
एमाले ताप्लेजुङले आयोजना गरेको तेस्रो चुनावी सभालाई आइतबार मेरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फीमा सम्बोधनगर्दै भट्टराईले एमाले शान्तिपूर्ण प्रतिस्पर्धामा विश्वास राख्ने भएकाले आफू र एमालेले शान्तिपूर्ण प्रतिस्पर्धालाई सम्मान गर्ने बताए ।















प्रतिक्रिया