२ कार्तिक २०८३, सोमबार

गुल्मीका गौतम यसकारण पुगे ‘विकटकी चेली’को शरणमा, एमालेलाई हाइसञ्चो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २० कात्तिक । गुल्मी एमालेका नेता शेषकान्त गौतमले आज आइतबार पत्रकार सम्मेलन गरेर नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सर्मथन गर्ने घोषणा गरेका छन् ।

सुरुमै गौतमले रामकुमारीको चर्चा गर्दै भनेका छन्– उनी विकटकी चेली हुन् । अहिले सडक बनेपछि त्यो गाउँ सुगम भएको छ । तर, पहिले रामकुमारीले खस्रुको बीचबाट संर्घष गरेकी छिन् । यो गौतमले पत्रकार सम्मेलनमा भनेको अभिव्यक्ति हो ।

उनले गोकर्ण बिष्टको चर्को बिरोध गरे पनि विष्टको पहलमा भएको विकासका कारण गाउँको मुहार फेरिएको कुरा आफैले स्वीकार गरेका छन् । विकासको देन गोकर्णको हो । उनले क्षणिक आवेग र स्वार्थका लागि निर्वाचनको मुखमा गलत हर्कत गरेका हुन् ।

उनले आफू एमालेमै रहने र भोट मात्रै रामकुमारीलाई दिने भनेर लाजमर्दो अभिव्यक्ति दिइरहेपछि पत्रकारहरूले निकैबेर गौतमलाई केरकार पारे । उनले विज्ञप्तिमा ७० प्रतिशत आफ्नो प्रशंसा गरेर बाँकी गोकर्ण बिष्ट र पार्टी नेतृत्वलाई गाली गरेर सकेका छन् ।

पत्रकारले टिकट नपाएर यो बिद्रोह हो ? पार्टीले कारबाही गर्दैन ? पार्टी नीतिविपरीत काम गर्दा पनि कसरी पार्टीमा रहिन्छ भनेर प्रतिप्रश्न गौतमलाई गरेका थिए । उनले पार्टीले कारबाही गरे सामना गर्ने र आफूलाई कारबाही गर्ने व्यक्ति र हस्ताक्षर हेर्न खोजेको बताए ।

गौतम लामो समय पार्टीको चुनावी मोर्चामा असन्तुष्ट बन्ने अरु पार्टीबाट रकम कुम्ल्याउन खप्पिस छन् । उनलाई स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई सहयोग गरेको आरोप पनि लागेको छ । फलस्वरूप उनी पार्टीको कारबाहीको पहिलो नम्बरमा परेका व्यक्ति हुन् ।

निर्वाचनमा यी र यस्तै काम गर्ने तर पछि नेता विषेशसँग जोडिएर राजनीतिक लाभ लिन पनि उनी निकै चलाख छन् । एमालेकै कारण लामो समय कफी विकास बोर्डको नेतृत्व गरे । तर, त्यहाँ रहँदा उनले पदीय दुरूपयोग गरे । जसका कारण आज उनी भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

उनको मुद्दा अझै पनि प्रक्रियामा रहेको छ । एमालेका एक नेताका अनुसार पहिलेका थुप्रै नियुक्तिहरू र गाउँका उपभोक्ता, सहकारीहरूमा दुरूपयोग गरेका कारण बिबादमा पर्दै आएका छन् । अहिले पनि गठबन्धनको सरकारबाट अख्तियारको मुद्दामा जोगाउने आश्वासन पाएपछि गठबन्धकै निर्णय अनुसार लामो राजनीतिक यात्रा ध्वस्त बनाएको ती नेताले बताए । उनलाई पार्टीबाट निष्काशनको तयारी भइरहेको बताइएको छ ।

पदीय दुरूपयोग गरेर भ्रष्टाचारको मुद्दा खेपिरहेका तथा पार्टीभित्र बसेर सधैंजसो पार्टी हितविपरीत काम गरिरहेका गौतम आफैंले पार्टी छोडेपछि गुल्मी एमालेलाई हाइसञ्चो भएको छ । वर्तमान गठबन्धन सरकारले मुद्दामा सहयोग गर्ने आशा बोकेर उनी नेकपा एसकी उम्मेदवार झाँक्रीलाई सघाउने निर्णयमा पुगेका हुन् ।

स्रोतका अनुसार गुल्मी–२ मा एमालेका हेभिवेट उम्मेदवार गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि रामकुमारी झाँक्रीले मुद्दाको विषयमा ब्ल्याकमेलिङ गरेर गौतमलाई आफ्नो पक्षमा उभिन बाध्य बनाएकी हुन् । आफूलाई सहयोग नगरे मुद्दाको प्रक्रिया तत्काल अगाडि बढाउने त्रास गौतमलाई दिइएको बताइएको छ ।

गुल्मी–२ मा नेकपा एमालेबाट गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । यस्तै प्रदेश सभा (क) मा डिल्लीराज भुसाल र (ख) मा दिनेश पन्थी उम्मेदवार छन् । गठबन्धनविरुद्ध सहजै जित निकाल्ने उनीहरूको दाबी छ ।