२ कार्तिक २०८३, सोमबार

एमालेका लागि काठमाडौंमा परिवार दलले मात्रै पाँच हजार भन्दा धेरै मत खसाल्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेपाल परिवार दल जिल्ला कार्यसमिति काठमाडौंले शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमालेसँग चुनावी सहकार्य गरेको नेपाल परिवार दलले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा केन्द्रित चुनावी अभियानलाई देशब्यापी रूपमा सञ्चालन गरिरहेको परिवार दलले काठमाडौं उपत्यकामा एमालेका उम्मेदवार जिताउन अभियान नै सञ्चालन गरेको छ ।

गोंगबुमा भएको कार्यक्रममा नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरिबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले विचारमा भिन्नताको बाबजुत पनि राष्ट्रियता, विकास, सुशाशन र समानताको एजेन्डा स्थापित गर्न नेकपा एमालेसँग चुनावी सहकार्य गरिएको बताए ।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको उनको भनाइ छ । नेता ढकालले जनताको बहुदलीय जनवाद आफ्नो पार्टीले पनि आत्मसात गरेको बताउँदै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सूर्य च्हिनमै मतदान गर्न आफ्ना कार्यकर्ता तथा आम मतदातामा अनुरोध गरेका छन् ।

ढकालले नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाल एक कुशल, दक्ष र योग्य उम्मेदवार भएकाले काठमाडौं–६ ले त्यस्तो व्यक्तिलाई आफ्नो जनप्रतिनिधि बनाउनुपर्नेमा जोड दिए । काठमाडौं–६ ले गुमाउनै नहुने अवसर यसपटक आएको भन्दै ढकालले मङ्सिर ४ पछि केपी ओली प्रधानमन्त्री बन्ने र काठमाडौं–६ को सुन्दर भबिष्य निर्माणका लागि एमालेको उम्मेदवारको जित आवश्यक रहेको तर्क गरे ।

कार्यक्रममा काठमाडौं–६ का प्रतिनिधि सभा उम्मेदवार सर्वेन्द्र खनालले आफू निर्वाचित भए जनताको शीर सधैं ठाडो बनाउने गरी काम गर्ने र आफ्नो क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै परिवार दलका काठमाडौ जिल्ला अध्यक्ष अनिल भण्डारीले काठमाडौं जिल्लामा मात्रै परिवार दलले पाँच हजार मत सूर्य चिह्नमा खसाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेले काठमान्डौं–६ मा प्रतिनिधि सभामा खनालसँगै प्रदेश सभामा निरेस लाल सिंह महर्जन र अमन मास्केलाई उम्मेदवार बनाएको छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य केशब स्थापित, एमाले नेता योगेन्द्र संग्रौला, परिवार दलका उपाध्यक्ष गणेश श्रेष्ठ, महामन्त्री सन्तोष पौडेल, सभासद मिलन राजबंशी, प्रवक्ता रूपसिंह भण्डारी, सह–महामन्त्री मनोज सुर्खेती, कोषध्यक्ष गोबिन्द मिश्र, महिला बिभाग प्रमुख बुद्धिमाया पुनलगायत नेताहरूको सहभागिता थियो ।

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनावी अभियान सुरु गरेका एकनाथ ढकाल आफै सूर्य चिह्नमा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार हुन् । कार्यक्रममा विभिन्न सांस्कृतिक कलाहरूको समेत प्रस्तुति गरिएको कार्यक्रममा स्थानीयवासीको बाक्लो उपस्थिति थियो ।