२ कार्तिक २०८३, सोमबार

बाल यौन दुरूपयोग गरेको अभियोगमा श्रेष्ठ पक्राउ

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा, २० कात्तिक । १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा सुनकोशी गाउँपालिका–८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्रबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।

श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।