
रूपन्देही, १९ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।
आज शनिबार बुटवलमा मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलाडी प्रशिक्षकको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले फराकिलो मतान्तरले एक्लै बहुमत ल्याउने दाबी गरेका हुन् ।
उपाध्यक्ष पौडेलले एमाले एक्लैले निर्वाचनमा बहुमत ल्याउने भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासँग गरिएको सहकार्यलाई निरन्तरता दिने बताए । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले खेल क्षेत्रको विकासका लागि राष्ट्रले गर्ने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताएका छन् ।
उनले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताउँदै खेल क्षेत्रको सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको पनि बताए ।
पौडेलले ऊर्जाशील जीवन विताएका खेलाडीको सम्मानपूर्वक बाँच्नका लागि एमालेले निर्वाहभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि उचित प्रबन्ध मिलाउने बताउने बताए ।















प्रतिक्रिया