
नवलपरासी, १९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने दाबी गरेका छन् ।
शनिबार राप्रपा सुनवल नगर कमिटीले रुपन्देहीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र माओवादीलाई भोट दिए पुरानै संरचनामा खेल्ने मौका पाउने र देशमा परिवर्तन नहुने बताएका हुन् ।
गलत पार्टी र गलत व्यक्तिलाई मत दिन नहुने भन्दै उनले यदि गलत पार्टी र व्यक्तिले मत पाए देश र समाजले दुःख पाउने भएकाले राम्रो पार्टी र व्यक्तिलाई छानेर मात्र भोट दिन पनि आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले मंसिर ४ को निर्वाचन देश र नेपाली जनताको भविश्यसँग जोडिएकाले सामान्य ढङ्गले हेर्न नहुने समेत बताएका छन् ।
उनले देशमा उद्योग धन्दा स्थापना गर्नुको साटो भएका उद्योगधन्दा समेत बेचेर खानेहरुलाई यसपटक पाखा लगाउनुपर्ने लिङ्देनको भनाइ छ ।















प्रतिक्रिया