
काठमाडौं, १९ कात्तिक । सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
अलफ्ट होटेल ठमेलमा भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभामा प्रस्तुत भएका वार्षिक प्रतिवेदन, आसार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष ०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ ।















प्रतिक्रिया