
काठमाडौं, १९ कात्तिक । लिभिङ विथ आईसीटीले आयोजनामा शुक्रबारदेखि ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट’ सुरू भएको छ ।
इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि–इभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आइडिया फेस्ट सुरू भएको हो ।
हिजो र आज दुई दिन चल्ने फेस्टमा सातै प्रदेशबाट छनोट भएका स्टार्टअप र आइडियासँगै इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् ।

कार्यक्रममा आईसीटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ समेत गर्न सकिने छ । विद्युतीय भोटिङ मेसिनबाट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका उत्कृष्ट १२ मध्येबाट आफुलाई राम्रो लाग्ने कम्पनी, प्रडक्ट वा आइडियालाई भोट गर्न सकिने बताइएको छ । फेस्टमा रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि विद्युतीय भोटिङ मेसिन राखेको छ ।

यसका अतिरिक्त स्टिम क्याम्प पनि आयोजना भइरहेको छ । स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । निःशुल्क अवलोकन गर्न सकिने स्टार्टअप फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
पहिलो दिननै स्टार्टअप एण्ड आइडिया फेस्टमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको छ । २ दिनसम्म चल्ने फेस्ट १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भइरहेका छन् ।
फेस्टबाट नेपाल टेलिकमले ई–सिम समेत वितरण गरिरहेको छ । फेस्टमा आएर प्रयोगकर्ताले ई–सिम लिन सक्ने छन् । फेस्टमै टेलिकमको टुजी, थ्रीजी सिमलाई निःशुल्क फोरजीमा रूपान्तरण गर्न सकिने छ ।

कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटीसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।















प्रतिक्रिया