२ कार्तिक २०८३, सोमबार

म्याग्देमा भूमि वर्गीकरणसम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १८ कात्तिक । म्याग्दे गाँउपालिकाले जिल्लामा नै पहिलो पटक भूमि वर्गीकरणसम्बन्धी एक दिने वडास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम म्याग्दे गाउँपालिका–४ र ७ वडाको प्रभुत्व व्यक्ति, आम समुदाय, टोल विकास संस्था र स्थानीयसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशाशकीय अधिकृत नारायण प्रसाद अधिकारीले कार्यक्रमको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए । गाँउकार्यपालिकाले स्थानीय भू–उपयोग कार्यन्वन समिति, भू–उपयोग परिषद र प्राविधिक समिति गठन गरेको वडास्तरीय सहजीकरण समिति समेत गठन गरिएको छ ।

भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ मा भएको व्यवस्था अनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको र मालपोत कार्यालय तनहुँको सार्वजनिक सूचना अनुसार कार्यक्रम अगाडि बढाइएको पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

मालपोत कार्यलय तनहुँका प्रमुख चिरञ्जीवी पौडेलले अन्तरक्रिया कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । भूमि वर्गीकरण तथा उपयोग १० वटा मापदण्ड तय गरिएको र सोही अनुरूप काम गरिने उनले बताए । जसमध्ये कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला ताल क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा परातात्विक महत्वको क्षेत्र र नेपाल सरकारवाट आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र छन् ।

यसैगरी नापी कार्यालय तनहुँका अधिकृत कृष्ण प्रसाद आचार्यले नक्सासम्बन्धी विषय र यसको क्षेत्राधिकारका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । गाँउपालिकाको घरनक्सा शाखाले मंसिर २० गतेभित्र ७ वटै वडाको प्रतिवेदन गाँउपालिकालाई पेश गर्ने गरी कार्यक्रम अगाडि बढाएको छ ।

त्यसपछि सुझावसहितको अन्तिम प्रतिवेदन तयार गरी कार्यापालिकाको निर्णयसहित स्वीकृत फाइनल घोषणा तथा सार्वजनिक मंसिर २३ गते गर्ने र प्रदेश, संघसहितसँग राय लिई राजपत्रमा प्रकाशन गरी कार्यान्वयन गर्ने पालिकाले जनाएको छ ।

कात्तिक १४ गतेदेखि भएको अन्तरक्रिया कार्यक्रम हरेक वडामा संचालन गरिने पालिकाले जनाएको छ ।