२ कार्तिक २०८३, सोमबार

प्रभु बैंक र हार्नेस् जिपलाइनबीच सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । प्रभु बैंक लिमिटेड र पर्वतको कुस्मामा अवस्थित हार्नेस् जिपलाइन प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

प्रभु बैंक र उक्त जिपलाइनबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हार्नेस् जिपलाइन प्रालिद्वारा सञ्चालित (ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन) सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौता अन्तर्गत हार्नेस् जिपलाइनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, हार्नेस् जिपलाइनका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको सो कम्पनीले जनाएको छ ।

सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुन्छन् भन्ने बैंकले विश्वास लिएको बताएको छ ।