
काठमाडौं, १८ कात्तिक । रिद्धीसिद्धी सिमेन्टले ‘शून्यको कमाल, उपभोक्ता मालामाल’ अफर सार्वजनिक गरेको छ ।
हात खाली नजाने यस उपहार योजना अन्तर्गत हरेक ५० बोरा रिद्धीसिद्धी सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् ।
कुपनहरुमा रू. ५०० देखि रु. १० हजारसम्म उल्लेख गरिएको हुन्छ भने शून्य अङ्क उल्लेखित कुपन प्राप्त गरी आफ्नो कुपनमा भएको रकम पछाडि शून्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यद्यपि ५० भन्दा धेरै संख्यामा ० को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र ० लाई पछाडि जोडेर एक लाखसम्म रकम प्राप्त गर्न मिल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उदाहरणको लागिः रू. १०,०००+०= रु. १,००,००० हुने छ ।
यदि रू. ५,००० वा सो भन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिक सम्पर्क नम्बरमा रजिष्टर गर्नु पर्नेछ भने उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निमार्ण स्थलमै रकम प्रदान गरिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यो योजना कात्तिक १५ गते मंगलबारदेखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।















प्रतिक्रिया