२ कार्तिक २०८३, सोमबार

नेकपा एस र विप्लव माओवादीका नेता–कार्यकर्ता एमालेमा समाहित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १८ कात्तिक । नेकपा एकीकृत समाजवादी (नेकपा एस) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्ता एमालेमा समाहित भएका छन् ।

नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला सचिवालय सदस्य गुञ्ज नेपाली, प्रकाश खत्री र नारायण पन्थीलगायत नेताहरू एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेकपा एमालेका सचिव तथा गुल्मी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले पार्टीमा स्वागत गरे ।

यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य खुस्बु राना, नेपाली काँग्रेसका क्रियाशील सदस्य तथा गोदावरी नगर कमिटी सदस्य बाली साउद लगायत नेता–कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।