२ कार्तिक २०८३, सोमबार

नेकपा एस धनगढीका नगर अध्यक्षसहित नेता–कार्यकर्ता एमालेमा प्रवेश

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १८ कात्तिक । नेकपा एकीकृत समाजवादीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेशका इञ्चार्ज लेखराज भट्टको निवास अत्तरियामा आज बिहान आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर प्रवेशीहरूलाई पार्टीमा स्वागत गरे ।

एमाले प्रवेश गर्नेमा एकीकृत समाजवादीको जनवर्गीय संगठन युवा संघ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटी सचिव पवित्रा बोहरालगायत छन् ।