
अछाम, १८ कात्तिक । अछामका स्वतन्त्र उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।
अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरे ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताएका छन् ।
विगतमा आफ्नो लागि मत मागिरहेका उनले अब नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताएका छन् ।















प्रतिक्रिया