
दोलखा, १७ कात्तिक । नेकपा एमाले दोलखाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनको प्रचार अभियान सुरुवात विशेष समारोहका साथ गर्ने भएको छ ।
भोलि शुक्रबार बिहान ७ देखि ९ बजेसम्म विशेष कार्यक्रम सञ्चालन गरी अभियानको थालनी गर्न लागिएको एमाले दोलखाका प्रचार विभाग संयोजक एवं जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए ।
भोलिको कार्यक्रममा उम्मेदवारसँग साक्षात्कारका साथ चुनावी प्रचार गीत र भिडियो सार्वजनिक गर्नेलगायतका विभिन्न कार्यक्रम रहेको उनले जानकारी दिएका छन् ।
सदरमुकाम चरिकोटको सातदोबाटोमा हुने कार्यक्रममा आम मतदाता पार्टी नेता कार्यकर्तालगायतको उपस्थिति रहने बताइएको छ ।















प्रतिक्रिया