
काठमाडौं, १७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेटवार्ता गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त एवम् पदाधिकारीहरूले आज बिहीबार भेटवार्ता गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा जानकारी गराइएको आयोगले जानकारी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कार्यहरूबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
भेटका अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरेकी छिन् ।
उनले निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवम् सम्बन्धित सबै सरोकारवाला र समुदायको भएको पनि बताएकी छिन् ।















प्रतिक्रिया