२ कार्तिक २०८३, सोमबार

काठमाडौं–२ का मतदाताको विवेकप्रति मलाई पूर्ण विश्वास छ : फुयाँल

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेकपा एमालेका काठमाडौं–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मणिराम फुयाँलले निर्वाचन क्षेत्रका जनताको विवेकप्रति आफू विश्वस्त रहेको बताएका छन् ।

हिजो बुधबार काठमाडौं–२ अन्तर्गत वडा नं ३२ को जडिबुटी र कोटेश्वर तथा वडा नम्बर ९ को सिनामंगल क्षेत्रमा गरिएको घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा उम्मेद्वार फुयाँलले विभिन्न समयमा धोखा पाएका सो क्षेत्रका मतदाताले यसपटक विवेकपूर्ण मतदान गरेर आफूलाई विजयी गराउने विश्वास व्यक्त गरेका हुन् ।

‘जनताका बीचमा काम गरेको, क्षेत्रको समस्यालाई नजिकबाट बुझेको उम्मेदवारलाई जिताउन जनताले विवेक प्रयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु,’ फुयाँलले भने, ‘सबै प्रकारका समस्यालाई प्राथमिकीकरण गरेर यथोचित ढङ्गले समाधान गर्दै सन्तुलित विकास गर्ने दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछु ।’

उनले जनताका बीचमा निर्वाचनका बेला अनेक भ्रम छरेर झुटा आश्वासन दिने तर क्षेत्रको समस्या पहिचान गरेर दीगो, सन्तुलित र जवाफदेही ढङ्गले काम गर्न नसक्नेहरूप्रति काठमाडौं–२ मतदाताहरू सचेत हुनुपर्नेमा पनि जोड दिएका छन् ।

मतदाता घरदैलो र अन्तरक्रिया कार्यक्रममा वागमती प्रदेशका निवतर्मान सभामुख तथा प्रदेशसभा सदस्य (क) का उम्मेदवार सानुकुमार श्रेष्ठ पनि सहभागी थिए ।