३० आश्विन २०८३, शुक्रबार

जोखिममा परेका भवन हटाउन आठ उपकरण हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

p 1  काठमाडौँ, २७ वैशाख । कालिका कन्स्ट्रक्सन प्रालिले भूकम्पबाट काठमाडौँ उपत्यकामा जोखिममा परेका र भत्किएका संरचना हटाउन नेपाल सरकारलाई ठूला आठवटा उपकरण उपलब्ध गराएको छ ।

सैनिक मुख्यालयमा आज आयोजित समारोहमा उक्त प्रालिका प्रबन्ध निर्देशक एवम् सभासद् विक्रम पाण्डेले अर्थमन्त्री डा रामशरण महतमार्फत नेपाली सेनालाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएका उपकरणमा चारवटा स्काभेटर र चार थान लोडर छन् । प्रालिले तीन महिनाका लागि निःशुल्क रुपमा ती उपकरण उपलब्ध गराएको हो ।

सो कार्यक्रममा अर्थमन्त्री डा महतले भूकम्पबाट भत्किएका संरचनाबाट निस्केका फोहोर र जोखिममा रहेका भवन तत्कालै हटाउने कामलाई सरकारले प्राथमिकता दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कतिपय भवन तुरुन्त भत्काउनुपर्ने अवस्था छ, त्यो हुन सकेन भने अर्काे घरलाई समेत क्षति पु¥याउने देखिएको छ ।”

p4आवश्यकता परको बेलामा उपकरण उपलब्ध गराएकामा उक्त प्रालिलाई धन्यवाद दिँदै अर्थमन्त्री डा महतले प्राप्त उपकरणलाई तत्कालै जोखिममा परेका भवन भत्काउन र भत्किएका संरचनाबाट निस्केका माटो, ढुङ्गालगायत वस्तु हटाउन प्रयोगमा ल्याइने बताउनुभयो ।

प्रालिका प्रबन्ध निर्देशक पाण्डेले राष्ट्रलाई विपत्ति परेको बेलामा प्रत्येक नागरिकले आफूले जे सहयोग गर्न सकिन्छ त्यसका लागि सहयोगी हात बढाउन आवश्यक रहेकाले आफूले ती उपकरण उपलब्ध गराएको बताउनुभयो ।

p 2