१ कार्तिक २०८३, आइतबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद, १७ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानको र्यालीमा गोली चल्दा उनी उनी घाइते भएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार गोलीबारीमा इमरानसहित कम्तीमा चार जना घाइते भएका छन् ।

अज्ञात आक्रमणकारीहरूले वजिराबादको अल्लाहहो चोक नजिकै पीटीआईका अध्यक्ष समेत रहेका खानको कन्टेनरमा गोली चलाएको हो । आक्रमणबाट इमरान खान जोगिए पनि उनी घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । आक्रमणपछि उनलाई कन्टेनरबाट बाहिर निकालेर बुलेट प्रुफ कारमा लगेर अस्पताल भर्ना गरिएको बताइएको छ ।

इमरान खानको कन्टेनर नजिकै गोली चल्दा पीटीआई नेता फैसल जावेद पनि घाइते भएका छन् । तेहरिक–ए–इन्साफ (पीटीआई) को विरोध मार्चको बिहीबार सातौं दिन चलिरहेको थियो ।