२ कार्तिक २०८३, सोमबार

नेकपा एस कालिञ्चोक–७ का अध्यक्ष गोले र माओवादी नेता तामाङ एमालेमा प्रवेश

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कालिञ्चोक गाउँपालिका वडा नं. ७ का अध्यक्ष कृष्ण गोले र नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका कमिटीका नेता रमाई तामाङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा उनीहरूले नेकपा एस र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका हुन् । उनीहरूको साथमा अन्य केही नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् । प्रवेशीहरूलाई नेकपा एमाले प्रदेश सभा (ख) का उम्मेदवार भरतबहादुर केसी तथा नेताहरू डबल पाण्डे र कालिका पाठकलगायतले पार्टीमा स्वागत गरे ।

नेकपा माओवादी र नेकपा एसलगायत दलहरूको गठबन्धन जनहित र राष्ट्रहितविरुद्ध लागेको निष्कर्षसहित आफूहरू एमालेमा प्रवेश गरेको उनीहरूले बताएका छन् । नेकपा एमालेले राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडान, जनजीवीका र सामाजिक सुरक्षाको क्षेत्रमा गरेको उल्लेखनीय र महत्वपूर्ण कामले आफूहरू नेकपा एमालेप्रति आकर्षित भएको उनीहरूको भनाइ छ ।

पछिल्लो समय दोलखामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढेको छ भने गठबन्धन दलहरूभित्र आन्तरिक तनाव र द्वन्द्व बढ्दै गएको छ । यसले दोलखाको तीन वटै सीटमा एमालेको जित थप सुनिश्चित गर्दै लगेको छ । दोलखामा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी (जसपा)को संयुक्त गठबन्धन छ ।

तर, जनता र मतदाता एमालेको पक्षमा भएको र गठबन्धनविरुद्ध सहजै जित हासिल गर्ने एमालेको विश्वास छ । एमालेकातर्फबाट दोलखा प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिबाकोटी र प्रदेश सभा (क) मा नरबहादुर श्रेष्ठ तथा प्रदेश सभा (ख) मा भरतबहादुर केसी उम्मेदवार छन् ।