२ कार्तिक २०८३, सोमबार

कांग्रेसका पूर्वसभापतिद्वय शेरबहादुर ढाँट र रामचन्द्र चटौतले छोडे देउवाको साथ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेलधुरा, १७ कात्तिक । नेपाली काङ्ग्रेस डडेलधुराका दुई जना पूर्वसभातिले प्रधानमन्त्री शेरबहादुर देउवाको साथ छोडेका छन् ।

अगामी निर्वाचनमा पार्टीका उम्मेदवार देउवालाई साथ नदिने निष्कर्षका साथ उनीहरू कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लतिर लागेका हुन् । यसरी आफ्नै उम्मेदवारको साथ छोड्ने पूर्वसभापतिद्वय शेरबहादुर ढाँट र रामचन्द्र चटौत हुन् ।

उनीहरूले प्रतिनिधिसभाका उम्मेदवार मल्लका साथै प्रदेश सभा २ का उम्मेदवार ताराप्रसाद जोशीलाई समेत सघाउने घोषणा गरेका छन् । कांग्रेसकै पूर्व जिल्ला सभापति रहेका मल्ल नेपाली कांग्रेस वीपीबाट देउवाविरुद्ध चुनावमा उठेका हुन् ।

डडेलधुरामा कांग्रेस र शेरबहादुर देउवाले आम जनतामाथि जनताकै मत प्राप्त गरी अन्याय, अत्याचार, शोषण र दमन गरेको र त्यसबाट डडेलधुराका जनतालाई मुक्ति दिलाउनल मल्ल र जोशीलाई समर्थन गर्ने निर्णयमा पुगेको उनीहरूले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।