
डडेलधुरा, १७ कात्तिक । संयोगवशका कतिपय घटनाक्रमहरूले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाका मुख्य प्रतिस्पर्धी बनेका छन् स्वतन्त्र उम्मेदवार सागर ढकाल ।
निर्वाचन प्रचारप्रसारको समय सुरू भएसँगै उम्मेदवार समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज डडेलधुरा पुगेका छन् भने प्रतिस्पर्धी सागर ढकाल केही दिनदेखि डडेलधुरामै छन् । बिहीबार डडेलधुरा पुगेका देउवालाई सागर ढकालले भने मित्रवत् स्वागत सम्मान गरेर अर्को चर्चा कमाएका छन् ।
देउवाको स्वागतका लागि बिहीबार उनी कांग्रेसका कार्यकर्तासँगै लामबद्ध भएको तस्वीरहरू सार्वजनिक भएका छन् । उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएको तस्वीरमा देखिन्छन् ।
२०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् र प्रभावकारी चुनावी तयारी समेत गरिरहेका छन् ।















प्रतिक्रिया