४ कार्तिक २०८३, बुधबार

डेंगु संक्रमणले पत्रकार अधिकारीको निधन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १७ कात्तिक । डेंगु संक्रमणका कारण लमजुङका २३ वर्षीया चादनी अधिकारीको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनले भने, “सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको थियो ।” डेंगु संक्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अधिकारी विगत डेढ वर्षदेखि लमजुङ सुन्दरबजार नगरपालिकास्थित रेडियो भोटेओडारमा कार्यरत थिइन् ।

मृतक अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव थिइन् । नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले एक शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।