
काठमाडौं, १६ कात्तिक । बुद्ध एयरको एक विमानले काठमाडौंबाट विराटनगरसम्म एकजना यात्रुलाई मात्र सेवा दिएको छ ।
मंगलबार बेलुका ८ बजे बुद्ध एयरको विमानमा एक व्यवसायी उद्धव पौडेल मात्रै यात्रु थिए ।
उडानमा एक जनामात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौंबाट विराटनगर गएको हो ।
पौडेलले विमानमा आफु एकल यात्रु भएको र रोमाञ्चक अनुभव गरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलले भनेका छन्ः
काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव ।













प्रतिक्रिया