२ कार्तिक २०८३, सोमबार

काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कृत

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २८ वर्षीय चन्दन महर्जन पक्राउ परेका छन् ।

महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौंको कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।