२ कार्तिक २०८३, सोमबार

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा सहभागी हुने ओलीको तयारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेकपा एमालेले भोलि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली भने विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा सहभागी हुने तयारी गरेको एमालेले जनाएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपासहित दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । एमालेको घोषणापत्र बहुप्रतिक्षित विषय बनेको छ ।