२ कार्तिक २०८३, सोमबार

डिभोर्स गरेका श्रीमानको काजकिरिया

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १४ कात्तिक । डिभोर्स भएका श्रीमानको काजकिरिया गरेर झापाकी एक महिलाले उदाहरणीय काम गरेकी छिन् ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ की सीता खड्काले सम्बन्धविच्छेद गरेका पतिको मृत्यु संस्कार गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी हुन् ।

दुबईमा रहेका उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै गत असोज ८ गते निधन भएको थियो । असोज २९ गते बस्नेतको झापा ल्याइ अन्तिम संस्कार गरिएको थियो । त्यसलगत्तै सीता १३ दिन किरिया बसेकी हुन् ।

कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको सीताले बताइन् । उनका १६ वर्षकी छोरी र ७ वर्षका छोरा छन् ।