२ कार्तिक २०८३, सोमबार

एमालेका उम्मेदवारलाई दोलखाका स्थानीयले गाउँ–गाउँमा गरे स्वागत

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १४ कात्तिक । नेकपा एमाले दोलखाका उम्मेदवारहरू यतिबेला मतदाता भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिबाकोटी, बागमती प्रदेश सभा (क) का नरबहादुर श्रेष्ठ र (ख) का भरतबहादुर केसीसहितको टोली विभिन्न गाउँ र टोल–टोलमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन् ।

यसैबीच उम्मेदवारहरूको टोली सोमबार गौरीशंकर गाउँपालिकाको विभिन्न ठाउँमा पुगेको छ । जहाँ–जहाँ एमालेका उम्मेदवार पुग्छन् त्यहाँ स्थानीय बासिन्दा र मतदाताहरूले भव्य स्वागत सत्कार गरिरहेका छन् । उनीहरूले एमालेका उम्मेदवारहरूलाई स्वागत गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदान गरी विजयी गराउने वचनबद्धता समेत प्रकट गरेका छन् ।

घरदैलो अभियानमा एमालेबाहेक विभिन्न पार्टीका नेता कार्यकताले समेत समर्थन जनाएका थिए ।

उम्मेदवारहरूको घरदैलो अभियानमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङ, जिल्ला इञ्चार्ज सरस्वती बस्नेत र एमाले गौरीशंकर गाउँपालिकाका अध्यक्ष जंग गुरुगंलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।