
काठमाडौं, १४ कात्तिक । टर्कीमा वैदेशिक रोजगारीमा पठाउने भन्दै अन्तर्वार्ता लिने मास्टर जब प्रालि नामक म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा हानेको छ ।
टर्र्कीको प्रतिष्ठित कम्पनीमा हेभी ड्राइभर काममा पठाउने भनी कामदारको अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि विभागले छापा मारेको हो ।
म्यानपावरले पूर्वस्वीकृतिविना ३० जनाभन्दा बढीको अन्तर्वार्ता लिइसकेको पाइएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए ।
विभागले सम्पूर्ण कागजात बरामद गरी म्यानवावर कम्पनीमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान अघि बढाएको बताएको छ ।















प्रतिक्रिया