२ कार्तिक २०८३, सोमबार

१२ वर्ष कैद सजाय माग गर्दै सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दर्ता

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै बलात्कार मुद्दा दर्ता गरिएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको प्रहरीले बताएको छ ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।