२ कार्तिक २०८३, सोमबार

राप्रपाले घोषणापत्रमै अगाडि सार्‍यो प्रदेश खारेजीको एजेण्डा, नेपाल बन्द नगर्ने (पूर्णपाठ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

राप्रपाले काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंकेटमा आज एक कार्यक्रम आयोजना गरी घोषणपत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद हुनुपर्ने एजेण्डा अगाडि सारेको छ ।

यस्तै अभिभावकीय संस्थाका रुपमा राजसंस्था हुनुपर्ने विषय पनि राप्रपाले आफ्नो घोषणापत्रमा समावेश गरेको छ । प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह बनाउनुपर्ने राप्रपाको जोड छ ।

घोषणापत्रमा राप्रपाले सत्ताकेन्द्रित र नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाएको छ ।

पढ्नुहोस् पूर्णपाठ–