२ कार्तिक २०८३, सोमबार

नेकपा एस पनौती–१२ को वडा कमिटी नै एमालेमा समाहित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, १३ कात्तिक । आम निर्वाचन नजिकिदै जाँदा नेकपा एकीकृत समाजवादी (नेकपा एस) को पनौती नगरपालिका–१२ को पूर्ण कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।

एमालेमा फर्किनेहरुमा समाजवादीका जिल्ला कमिटी सदस्य लक्ष्मण कार्की, नगर कमिटी उपाध्यक्ष देवराज केसी, वडा कमिटी सह इन्चार्ज क्षेत्रबहादुर तामाङ, वडा कमिटी अध्यक्ष प्रल्हाद केसी, किसान महासंघका जिल्ला कमिटी सदस्य उमेश हुमागाईं, युवा संघका पनौती नगर कमिटी सदस्य मनोज कार्की लगायत छन् ।

यस्तै अनेमसंघ उपाध्यक्ष प्रिया खत्री, वडा कमिटी उपाध्यक्ष दुर्गाबहादुर लामा, वडा कमिटी उपसचिव निमा लामा, अनेमसंघ वडा कमिटी सचिव रिता केसी, वडा कमिटी सदस्यहरु हरिप्रसाद हुमागाईं, सांगे तामाङ, सोनाम सिंह तामाङ, नहकुल केसी, राजेन्द्र तामाङ, सुरेन्द्र केसी पनि एमालेमै फर्किएका छन् ।

आफ्ना वडाको कमिटीले नै साथ नदिएपछि नेकपा एसका काभ्रे अध्यक्ष एवम् बाग्मती प्रदेशका कृषि मन्त्री बसुन्धरा हुमागाइँ काभ्रेमा निक्कै कमजोर अवस्थामा पुगेको चर्चा छ ।

पनौतीमा यसअघि वडा नं ११ बाट पनि सिंगो वडा कमिटी नै एमालेमा समाहित भएको थियो । यो सँगै पनौतीमा समाजवादीविहीन वटा दुई वटा भएको छ । यसबाट चुनावको मुखमा नेकपा एसलाई ठूलो झड्का लागेको छ ।