
भरतपुर, १३ कात्तिक । चुनावी सभामा एक्कासि अचेत भएका नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।
पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा. कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।
उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको बताए । कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा आइतबार दिउँसो अचेत भएका थिए ।
डा. प्रधानका अनुसार कोईरालाको दिमाग (ब्रेन) मा रक्तप्रवाह कम भएको छ । चिकित्सकीय भाषामा यसलाई टीआईए भनिन्छ । यद्यपि, आत्तिनुपर्ने अवस्था भने नभएको उनको भनाइ छ ।















प्रतिक्रिया