२ कार्तिक २०८३, सोमबार

कतारले नेपालीसहित आप्रवासी कामदारलाई जबरजस्ती घर फर्काउन थाल्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । विश्वकप फुटबल नजिकिएसँगै कतारले नेपालीसहित सयौं आप्रवासी कामदारलाई जबर्जस्ती बिदा दिँदै घर पठाउन थालेको छ ।

कतारी अधिकारीहरुले दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खाली गर्न दबाब दिएका छन् । कामदारलाई विदामा बस्न दबाव दिइएपछि विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको छ ।

नोभेम्बर २० देखि विश्वकप फुटबल सुरु हुँदैछ । तर, अपार्टमेन्टमा बस्दै कतारका भौतिक संरचना निर्माणका लागि काम गर्दै आएका दर्जनौं श्रमिकहरू भने सडकमा निकालिएका छन् ।

कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढी नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, फिलिपिन्स साथै अफ्रिकी मुलुक केन्या र युगान्डालगायत देशबाट आई कामको शिलशिलामा स्थायी तथा अस्थायी बसोबास गर्ने गरेका छन् ।

कतारले विश्वकपका लागि अधिकांश चम्किला नयाँ रङ्गशाला र यातायात पूर्वाधार निर्माण गर्ने विदेशी कामदारहरूप्रति देखाएको रवैयाको भने चर्को आलोचना भएको छ ।