२ कार्तिक २०८३, सोमबार

छठ पूजास्थलमा सरसफाइ गर्दै एमाले उम्मेदवार (फोटोफिचर)

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १२ कात्तिक । नेकपा एमालेका उम्मेदवारहरू त्रियुगा नदी किनार सरसफाइमा जुटेका छन् ।

पार्टीका कार्यकर्ता लिएर सदरमुकाम नजिकको छठ पूजास्थल त्रियुगा नदी पुगेका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार मञ्जुकुमारी चौधरी र सोही क्षेत्रको प्रदेशसभा सदस्य २ का उम्मेदवार ईश्वरमणि राउत सरसफाइमा जुटेका हुन् ।

छठ पूजास्थल सरसफाइमा व्यवस्थापन समिति, सर्वसाधरण, सामाजिक अभियन्ताहरू जुटिरहेका बेला उम्मेदवारद्वय कार्यकर्ताको लिएर पुगेका हुन् । आयोजकसँगै सरसफाइमा जुटेका उनीहरूले सबै समुदायको आश्था र सांस्कृति धरोहरको रूपमा रहेको छठ पूजामा आफूहरू रहने र रचनात्मक सहयोग गर्ने बताए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले आफूले दुई दशक बढी समयदेखि वर्षेनि छठ पर्वमा व्रत बसी पूजाआराधना गर्ने गरेको बताइन् । उनले विगतका वर्षमा छठ पर्व एउटा निश्चित समुदाय मात्र भन्ने बुझाई पछिल्लो समय हराएको र सबैको साझा पहिचानको रूपमा स्थापित भएको बताइन् ।

प्रदेशसभा सदस्य उम्मेदवार राउतले पछिल्लो समय मुलुकमा सबै धर्म जातजातिका पर्वहरू साझा पहिचानको रूपमा स्थापित भएको बताए । धार्मिक आश्था र संस्कृतिको संरक्षणमा जोड दिँदै राउतले संस्कृतिले नै सबै नेपालीलाई एउटै मालमा बुन्ने गरेको उदाहरण दिए ।

त्यस अवसरमा उम्मेदवारद्वयले संस्कृति संरक्षण र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । झाडु लिएर पुगेकी त्रियुगा नगरपालिकाका निवर्तमान उमेयर देवीकुमारी चौधरी पनि उम्मेदवार सँगसँगै सरसफाइमा जुटेकी थिइन् ।