२ कार्तिक २०८३, सोमबार

छठ पर्व मनाउन रानीपोखरी खुला गर्न माग, महानगरले गरेन वास्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरीको स्थान उपलव्ध गराउन आग्रह गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले कात्तिक १३ र १४ गते रानीपोखरीमा छठ मनाउनका लागि स्थान उपलब्ध गराउन काठमाडौं महानगरसमक्ष माग गरेको हो ।

छठ मनाउनका लागि उक्त स्थान उपलब्ध गराउन महानगरसमक्ष निवेदन दिए पनि कुनै सुनुवाई नभएको समितिले जनाएको छ । समितिले भक्तजन र व्रतालुलाई सहज हुने भएकाले उक्त स्थानमा छठ मनाउन दिनुपर्ने माग राख्दै आएको छ ।