२ कार्तिक २०८३, सोमबार

भक्तपुरमा गठबन्धनलाई झड्का : एकैपटक तीन सय जना युवा एमालेमा प्रवेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा भक्तपुरमा सयौं युवाहरू एमालेमा प्रवेश गरेका छन् ।

जिल्लाको सूर्यविनायक र सिरुटारमा गरी करिब तीन सय जना युवाहरू एमाले प्रवेश गरेका हुन् । आज नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य तथा नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य प्रकाश ढकालसहितका युवाहरू एमालेमा प्रवेश गरेको बताइएको छ ।

नेपाल लोकतान्त्रिक फोरम जिल्ला सचिव तथा २०७० सालको संविधानसभाका उम्मेदवार सुनिल तज, क्रिसन त्वाती स्वतन्त्र, डा. रूपेश गाईजु (विपी कांग्रेसका जिल्ला सभापति), दिपक महत माओवादी केन्द्रका पूर्वजिल्ला सदस्य, बैकुण्ठ महत, प्रदिप महत, नेत्रबहादुर कार्की लगायतको नेतृत्वमा १४७ जना युवाहरू विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

केही समयअघि कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका रामशरण देउजाको संयोजनमा एमाले प्रवेश गर्नेहरूमा गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी, कांग्रेस विपी, राप्रपालगायतका दलहरूका १४७ जना युवाहरू एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा करिब १५५ जना युवाहरू विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत, केन्द्र्रीय सदस्य तथा भक्तपुर इञ्चार्ज सोमप्रसाद मिश्र, निर्मल भट्टराई, एमाले बागमती प्रदेश सदस्य राजेन्द्र राजथला, शसीजंग थापा, एमाले क्षेत्र नं. १ का उम्मेदवार नवराज गेलाल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, चाँगुनारायण नगरपालिका भक्तपुर क्षेत्र नं. १ ‘क’ क्षेत्रका उम्मेदवार मोहनवीर श्रेष्ठ, सूर्यविनायक ‘क’ उम्मेदवार किरण थापालगायतले टीका लगाई एमालेमा स्वागत गरे ।