१ कार्तिक २०८३, आइतबार

तेस्रो विवाहबारे भुवन केसीले के भने ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । चर्चित अभिनेता भुवन केसीले नायिका जिया केसीसँग आफ्नो तेस्रो विवाह हुन लागेको भन्ने सञ्चारमाध्यममा आएका समाचारहरूबारे मुख खोलेका छन् ।

जिया केसीसँग अमेरिकामा घुमघाम र मस्तीमा व्यस्त रहेका भुवनले अब चाँडै नै केही ‘गुड न्यूज’ आउन पनि सक्ने बताएका छन् ।

‘यो मेरो नितान्त व्यक्तिगत कुरा नभने पनि हुन्थ्यो तर सोचिरा’छु साथ दिने, सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । अब उहाँले मलाई सपोर्ट गर्नुहुन्छ, मेरो फेमिलीलाई सपोर्ट गर्नुहुन्छ, फेमिलीले पनि सपोर्ट गर्छ,’ नायक केसीले भनेका छन्, ‘हेरौं, लेट्स सी.. अब चाडैं नै केही गुड न्यूज आउन पनि सक्ला तर हामीले अहिले नै केही निर्णय गरिसकेका छैनौँ । तर, साथी जिन्दगीमा माया गर्ने साथी हुनुहुन्छ ।’

भुवनले जियासँग तेस्रो बिहे गर्न लागेका हुन् ।