२ कार्तिक २०८३, सोमबार

नेकपा एस कास्कीका सचिव नेपाली एमालेमै फर्किए

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १२ कात्तिक । नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन् ।

नेकपा एमाले उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई एमालेमा स्वागत गरिएको हो ।

एमाले केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्ण थापा, एमालेको कास्की २ (क) बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार भीम कार्की, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले नेपालीलाई पार्टीमा स्वागत गरे ।

नेपालीले देश र जनताको पक्षमा काम गर्ने पार्टी एमालेबाहेक अर्को कुनै नभएको निष्कर्षका साथ नेकपा एस परित्याग गरी एमालेमै फर्किएको बताएका छन् ।