बागलुङ, २९ चैत । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय क्रिकेट टोली प्रतियोगितामा फर्कनुपर्ने बताउनुभएको छ ।
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रबार बागलुङमा उद्घाटन गर्दै मन्त्री पौडेलले राष्ट्रिय क्रिकेट टोलीले कुनै पनि प्रतियोगिता नखेल्ने निर्णय लिनु दुःखद भएको उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले क्रिकेट टोलीको माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रतियोगिता नखेल्ने निर्णय फिर्ता लिन किक्रेट टोलीलाई आग्रह गर्नुभयो । “म क्रिकेटको राष्ट्रिय टोलीका खेलाडीलाई खेल खेल्न आग्रह गर्दछु, तपाईंहरू खेल खेल्नुस् र आफ्ना मागहरू पनि सँगै राख्नुस् सरकार माग पूरा गर्न प्रतिबद्ध छ”– मन्त्री पौडेलले भन्नुभयो ।













प्रतिक्रिया