
दार्चुला, १२ कात्तिक । दार्चुलामा भारतीय पक्षले सडक निर्माणका लागि विस्फोट गर्दा ढुंगा लागेर एक नेपाली बालकको मृत्यु भएको छ ।
शुक्रबार चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर व्याँस गाउँपालिका—२ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको वडाध्यक्ष धिरनसिह बुढाथोकीले जानकारी दिए ।
ढुङ्गा लागेर टाउकोमा गम्भीर चोट लागेका पवनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बुवा हिक्मत महराका साथमा छोरा पवन र छोरी सरिना व्याँसकै तम्बाकु क्षेत्रबाट दुम्लिङस्थित घरतर्फ आइरहेका थिए ।
भारतीय पक्षले कुनै जानकारी नदिई विस्फोट गराउँदा सो घटना भएको बताइएको छ ।












प्रतिक्रिया