२ कार्तिक २०८३, सोमबार

भंगाहा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । महोत्तरीको भंगहा नगरपालिका–८ क्षेत्रमा हिजो बिहीबार भएको झडपको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिले घटना र त्यसबाट भएको क्षतिको सम्बन्धमा सरोकारवालासँग बुझेर ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने बताइएको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराम मरासेनी सदस्य रहेका छन् ।