
काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहने बताएका छन् ।
शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको १३औं दिनको पुण्य तिथिमा शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्कृतिको संरक्षण र विकास गर्दै समृद्धिलाई अघि बढाउनुपर्ने बताए ।
उनले मुलुकको संस्कृति जगेर्र्नामा स्वर्गीय जोशीले गरेको योगदान राष्ट्रको सम्पत्ति भएकाले सरकारले यसको उचित संरक्षण गर्ने धारणा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले भाषा, संस्कृतिको रक्षाका लागि जोशीले खेलेको भूमिकाको चर्चा गर्दै जोशी सच्चा देशभक्त भएको पनि बताए ।















प्रतिक्रिया