२ कार्तिक २०८३, सोमबार

डेंगुबाट ४६ हजार जना सङ्क्रमित, ५२ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । गत साउनयता नेपालमा डेंगु पुष्टि हुनेको संख्या ४६ हजार ४१३ पुगेको छ भने ५२ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार सात वटै प्रदेशका ७७ वटै जिल्लामा डेंगु फैलिएको छ ।

कात्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेंगु रोग पुष्टि भएको थियो । तर, आज ११ गतेसम्म आइपुग्दा सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको छ ।