२ कार्तिक २०८३, सोमबार

दहचोक सिटी भ्यु रिसोर्टबाट १८ जना जुवाडे पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा दहचोक भ्यु रिसोर्टबाट १८ जना पक्राउ परेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै रहेको रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार ५९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ बताएको छ ।