२ कार्तिक २०८३, सोमबार

महोत्तरीको भंगहा घटना सम्बन्धमा जुट्यो आठ बुँदे सहमति (सहमतिपत्रसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ११ कात्तिक । महोत्तरीको भंगहा नगरपालिका–८ क्षेत्रमा हिजो बिहीबार भएको झडपको घटना सम्बन्धमा दुई पक्षबीच आठ बुँदे सहमति जुटेको छ ।

आज शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि घटनामा संलग्न समुदाय र स्थानीय प्रशासनबीच सहमति जुटेको हो ।

हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्यालीको क्रममा बिहीबार हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।

प्रशासनले भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

के–के भयो सहमति ? हेर्नुहोस् पत्र–